चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा क्षेत्रको तनाव घटाउने सहमति

 भदौ ८, २०८० शुक्रबार १४:२५:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत हुनुभएको छ ।

विकासशील राष्ट्रहरूको समूह 'ब्रिक्स' शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएकाे बीबीसी हिन्दीले जनाएको छ । भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गर्नुभएको चिनियाँ पक्षले जनाएको छ ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई शक्ति सम्पन्न देश चीन र भारतबीच हिमाली क्षेत्र रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमामा अस्पष्टता छ । त्यसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भनिन्छ ।

दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ ।

यसअघि सी र मोदीबीच जी–२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा पनि भेट भएको थियो । सी आउँदो महिना जी–२० शिखर सम्मेलनमा भाग लिन भारत जाने तयारी छ । जी–२० शिखर सम्मेलन आउँदो सेप्टेम्बर ९ र १० तारिखमा दिल्लीमा हुँदैछ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया