पारस खड्काले क्यानकाे बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

 भदौ ८, २०८० शुक्रबार १८:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ ।

यसैबीच बाग्मती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाण्डाै, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन् । बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बाग्मती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय चुनाव आउँदो असोज पहिलाे हप्ता हुँदैछ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया