वाग्नर प्रमुख प्रिगोजिनको हवाई दुर्घटनामा ज्यान गएपछि लागेको आरोपमा रुसको खण्डन

 भदौ ९, २०८० शनिबार ९:५०:२७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले खण्डन गरेको छ ।

मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन चढेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर रुसले यी आरोप पूर्णरुपमा झुटा भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हिजो आरोपको खण्डन गर्नुभयो । उहाँले थप अनुसन्धानबाट दुर्घटनाको बारेमा तथ्यहरू बाहिर ल्याउने समेत बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई दुर्घटनामा ज्यान गुमाएका १० जनाको परिवारप्रति समवेदना प्रकट गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको जुन महिनामा रूसको सैन्य नेतृत्वविरुद्ध भएको विद्रोहको नेतृत्व गरेका प्रिगोजिनको बुधवार मस्को नजिक भएको हवाई दुर्घटनामा ज्यान गएको हो । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया