आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
निजी सैन्य समूह वाग्नर प्रमुख येज्गेनी प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० जना यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
गएको बुधवार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू फेला पारिएको खबरमा उल्लेख छ। शवहरुको डीएनए परीक्षण गरेपछि मात्रै परिवारलाई औपचारिक रुपमा हस्तान्त्ररण गरिनेछ।
रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले भने खण्डन गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसमा रुसको संलग्नता रहेको भनिएकासहित सबै आरोपहरुको खण्डन गर्नुभयो ।
उहाँले थप अनुसन्धानबाट दुर्घटनाको बारेमा तथ्यहरू बाहिर ल्याउने समेत बताउनुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।