समुद्रमा परमाणु दूषित पानी फालेको भन्दै जापानविरुद्ध फिजीका नागरिकद्वारा विरोध जुलुस

 भदौ ९, २०८० शनिबार १५:२:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले विरोध जनाएका छन् । 

शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै विरोध जुलुस निकालेका हुन् ।

फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुद्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तरमा कारबाही गर्नुपर्ने बताए ।

उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भए पनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए । 

त्यस्तै भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरु अझै पनि आणविक प्रदुषणसँग जुधिरहेको बताउनु भयो ।

उहाँले मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ । 

कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नेताहरु र विश्वका सबै देशहरुले आफूहरुको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गर्नुभयो । 

जापानले गएको बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया