अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

 भदौ १०, २०८० आइतबार ६:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

पाकिस्तानका शादब खानले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान बाबर आजमले ६० रन जोडे । अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया