भूमध्यसागरबाट २३ देशका झण्डै साढे चार सय जना आप्रवासीको उद्धार

 भदौ १०, २०८० आइतबार ८:२५:९ | एजेन्सी
unn.prixa.net

फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्यसागरमा सङ्कटपूर्ण अवस्थामा रहेका चार सय ३८ जना आप्रवासीको उद्धार गरेको छ ।

उद्धार संस्थाले जहाज ओशन वाइकिङमार्फत् बितेका दुई दिनमा २३ वटा देशका आप्रवासीलाई उद्धार गरेकाे एएफपीले जनाएको छ । उनीहरुलाई लिबिया र ट्युनिसियाको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट उद्धार गरेको उद्धार गर्ने संस्था एसओएस मेडिटरेनीले जनाएको छ । उद्धार गरिएको जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो ।

यो मार्ग हुँदै आप्रवासीहरु युरोपका देश जाने गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्यसागर पार गर्ने प्रयासमा कम्तीमा दुई हजार १३ जनाको ज्यान गएको छ । त्यस मागमा अघिल्लो वर्ष एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया