डोनाल्ड ट्रम्पको कोषमा पैसा ओइरिँदै, २ करोड डलर सङ्कलन

 भदौ १०, २०८० आइतबार १६:५६:४१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ ।

गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उहाँको मगसट (तस्बिर) पनि खिचिएको थियो । ट्रम्पका प्रवक्ताका अनुसार मुगसटपछि चन्दा प्राप्त गर्ने क्रम बढेको छ । मुगसट सार्वजनिक भएको दुई दिनमै ट्रम्पको कोषमा ७० लाख डलरभन्दा धेरै रकम जम्मा भएको छ । ट्रम्पले अहिले चार वटा मुद्दाको सामना गरिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया