बेलायतमा प्राविधिक समस्याले एअर ट्राफिक : हजारौँ हवाई यात्रु प्रभावित

 भदौ १२, २०८० मंगलबार ९:४०:३५ | एजेन्सी
unn.prixa.net

बेलायतमा एअर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ हवाई यात्रु प्रभावित भएका छन् । उडानहरू रद्द हुने तथा ढिलो गरी सञ्चालन भइरहेका छन् ।

बेलायतमा एअर ट्राफिक कन्ट्रोल गर्ने निकाय (नेट्स) ले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको र केही घण्टामै समस्या समाधान भए पनि सेवामा समस्या आएको जनाएको छ ।

राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको बीबीसीले जनाएको छ ।

हिथ्रो विमानस्थलले गएराति नै यात्रा गर्नुपर्ने यात्रुलाई विमानस्थलमा आउनुअघि एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्न भनेको थियो । अन्य विमानस्थलका यात्रुलाई पनि यस्तै सल्लाह दिइएको छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया