आईसीसीले भन्यो– ‘गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी हुन्’

 भदौ १२, २०८० मंगलबार १४:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुल्शनलाई कम आँक्न नहुने आईसीसीले उल्लेख गरेको छ । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेका र उनको विशेषता नै आक्रामक तरिकाले खेल्नु रहेको उल्लेख छ । विपक्षीविरुद्ध मध्य ओभरमा गुल्शनलाई बलिङमा ल्याउँदा उनले रनरेट घटाइदिन सक्ने आईसीसीले उल्लेख गरेको छ ।

आईसीसीले गुल्शनलाई एसिया कपमा चम्किन सक्ने खेलाडीको रूपमा वर्णन गरेको छ । उत्कृष्ट प्रदर्शन गर्न सक्ने बाँकी पाँच खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बङ्गलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलङ्काका महीश थीकशना रहेका छन् ।

१६ औँ संस्करणकाे एसिया कप भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान अहिले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा छ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया