पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य, बाबर र इफ्तिकरकाे शतक

 भदौ १३, २०८० बुधबार १९:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरकाे याे १९औँ शतक हाे भने इफ्तिकरकाे पहिलाे शतक हाे ।

एक समयमा २५ रन बनाउँदा २ विकेट गुमाएकाे अवस्थामा पाकिस्तानकाे पारीलाई कप्तान बाबर र माेहम्मद रिजवानले ८६ रनकाे साझेदारी गरेका थिए । त्यसपछि पाकिस्तानले १ सय २४ रन बनाउँदा ४ विकेट गुमाएकाे अवस्थामा बाबर र इफ्तिकरले २ सय १४ रनकाे साझेदारी गर्दै टाेलीलाई सम्हाले ।

बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Chandra Harijan

    Aug. 30, 2023, 7:25 p.m.

    Love cricket

  •  0 Reply

तपाईको प्रतिक्रिया