खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

 भदौ १५, २०८० शुक्रबार ६:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।

त्यस्तै, खाना पकाउने ग्यासकाे एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो ।

त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेल/मट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया