पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित

 भदौ १५, २०८० शुक्रबार १८:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित भएका छन् । 

आज शुक्रवार काठमाण्डाैमा भएकाे चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् । पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाए ।

सङ्घकाे उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र काेषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

प्रदेशकाे अध्यक्ष जितेका खड्काले अब नेपाल क्रिकेट सङ्घ (क्यान) काे  एक प्रमुख पदमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पारस काठमाण्डाै जिल्लाको सदस्य बन्दै प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधि बनेका थिए । याेसँगै क्यान अन्तर्गतका सबै प्रदेशका चुनाव सकिएकाे छ । क्यानको केन्द्रीय समितिको चुनाव आउँदाे ५ र ६ गते हुँदैछ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • लोकेन्द्र शाहि

    Sept. 1, 2023, 6:59 p.m.

    अब हामी cerket ko बिकास भय को हेर्न चाहन्छौं

  •  0 Reply

तपाईको प्रतिक्रिया