सिन्धुपाल्चोकको पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, चार जना घाइते

 भदौ १७, २०८० आइतबार ७:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।

गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको र तीमध्ये एक जना उत्तम महर्जन रहेका प्रहरीले जनाएकाे छ । अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

घाइते चार जनाको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काभ्रेको धुलीखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया