काठमाण्डौमा बसले जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते

 भदौ १७, २०८० आइतबार ९:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया