शेयर बजार झन्डै ३० अङ्कले घट्यो

 भदौ १७, २०८० आइतबार १६:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३० अङ्कले घटेको छ । आज आइतवार नेप्से २९ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ६० दशमलव ७८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा होटल, पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज लिबर्टी इनर्जी र सिटी होटलको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । यसअघि बुधवार एक अर्ब १३ करोड रुपैयाँकाे शेयर किनबेच भएकोमा आज दुई सय ७६ वटा कम्पनीका ४० लाख ५३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साेल्टी हाेटलकाे तीन कराेड ८८ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया