सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किए

 भदौ १८, २०८० सोमबार ८:२२:५६ | एजेन्सी
unn.prixa.net

सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् ।

सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू नगर्न आग्रह गरेको त्यहाँको समाचार संस्था, सानाले जनाएको छ ।

सिरियामा झण्डै ३७ लाखभन्दा धेरै विद्यार्थीका लागि १४ हजार ५ सय ५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र शुरू भएको छ । सन् २०११ देखि भइरहेको युद्धका कारण सिरियाको शैक्षिक पूर्वाधारमा व्यापक विनाश भएको छ ।  जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको छ । बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ । विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् झण्डै २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिरियामा द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया