युक्रेनमा रक्षामन्त्री बर्खास्त

 भदौ १८, २०८० सोमबार १०:२९:१२ | एजेन्सी
unn.prixa.net

युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् । राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गर्नु भएको हो ।

रुससँग युद्ध भइरहेका बेला उहाँ बर्खास्तमा पर्नु भएको हो । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ ।  रुसँंगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया