एसिया कप : श्रीलङ्काले अफगानिस्तानलाई दियाे २ सय ९२ रनकाे लक्ष्य

 भदौ १९, २०८० मंगलबार १८:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई २ सय ९२ रनकाे लक्ष्य दिएकाे छ ।

लाहाेरकाे गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनायाे । श्रीलङ्काका लागि कुशल मेन्डिसले सर्वाधिक ९२ रन बनाए । यस्तै पथुम निसन्काले ४१, चरिथ असलन्काले ३६, दुनिथ वेलालेगले नटआउट ३३, दिमुथ करुनारत्नेले ३२ र महीश थीकशनाले २८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका गुलबदिन नइबले ४ र राशिद खानले २ विकेट लिए ।

याे खेलले समूह 'बी' बाट 'सुपर फाेर' मा पुग्ने दाेस्राे टाेलीकाे टुङ्गाे लाग्नेछ । श्रीलङ्का जिते मात्रै पनि 'सुपर फाेर' मा पुग्नेछ भने अफगानिस्तानले ३७ ओभर १ बलमा दुई सय ९२ रन बनाउनुपर्ने हुन्छ । याे समूहबाट बङ्गलादेश यसअघि नै 'सुपर फाेर' मा पुगिसकेकाे छ । यस्तै समूह 'ए' बाट पाकिस्तान र भारत 'सुपर फाेर' मा पुगेका छन् ।

'सुपर फोर' का खेल भाेलि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया