अमेरिकी क्यापिटल दंगामा संलग्न ‘द प्राउड ब्वाईज’ का पूर्व नेतालाई २२ वर्षको जेल सजाय

 भदौ २०, २०८० बुधबार ९:३३:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी क्यापिटल दंगाको गरेको आरोपमा ‘द प्राउड ब्वाईज’का पूर्व नेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ । 

अमेरिकाको वाशिङटन संघीय अदालतले ३९ वर्षका एनरिक टारियोलाई देशद्रोहको षड्यन्त्रसहित विभिन्न आरोपमा सजाय सुनाएको हो । टारियो दंगाको समयमा वाशिंङटनमा थिएनन् । तर उनले समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको उल्लेख छ ।

उनी यो दंगाको मुख्य योजनाकारमध्ये एक हुन् । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समूह बनाइ आक्रमण गरिएको खुलेको छ । घटनामा एक हजार एक सय जना पक्राउ परेका थिए ।

टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भइ माफी मागेका थिए । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपतीय चुनावलाई संसदले अनुमोदन गर्ने दिन आक्रमण गरेका थिए ।

अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्धको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक रहेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया