भारतसँग हारेसँगै नेपाल १६ वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे समूह चरणबाटै बाहिरियाे

 भदौ २०, २०८० बुधबार १७:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ ।

आज बुधवार भुटानकाे थिम्पुमा भएकाे खेलमा भारतसँग १–० गाेलले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएकाे हाे । भारतका लागि माेहम्मद अरबासले खेलकाे ३३ औँ मिनेटमा गाेल गरे ।

समूह 'ए' मा रहेको नेपाल अस्ति साेमवार भएकाे पहिलाे खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपाल बाहिरिएसँगै भारत समूह 'ए' को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

यस्तै समूह 'बी' बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाे छ । आजै हुने माल्दिभ्स र भुटानबीचकाे खेलबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया