पाकिस्तानसँग बङ्गलादेश १ सय ९३ रनमा अल आउट

 भदौ २०, २०८० बुधबार १८:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटअन्तर्गत 'सुपर फाेर' काे पहिलाे खेलमा बङ्गलादेशले पाकिस्तानलाई १ सय ९४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

लाहाेरकाे गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भयाे । बङ्गलादेशका लागि मुशफिकर रहिम र शाकिब अल हसनले अर्धशतक बनाए । मुशफिकर ६४ र शाकिब ५३ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका हरिस राैफले ४ र नशीम शाहले ३ विकेट लिए ।

समूह 'ए' बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह 'बी' बाट श्रीलङ्का शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहेर 'सुपर फोर' मा पुगेका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया