एसिया कप क्रिकेट : सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हरायो

 भदौ २१, २०८० बिहिबार ६:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हराएको छ । जितका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । मोहम्मद रिजवान ६३ र अघा सलमान १२ रनमा अविजित रहे । फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । बङ्लादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक/एक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बङ्लादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो ।

बङ्लादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६४ रन जोडे ।

त्यस्तै, कप्तान सकिब अल हसन ५३ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ४ तथा नसिम शाहले ३ विकेट लिए । सुपर फोरमा पाकिस्तान, बङ्लादेश, भारत र श्रीलङ्का छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया