हङकङमा १ सय ४० वर्षयताकै सबैभन्दा धेरै वर्षा

 भदौ २२, २०८० शुक्रबार २०:३०:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हङकङमा शुक्रवार झन्डै १ सय ४० वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ । वर्षाका कारण सहरका सडक र केही सबवे स्टेशनहरू पानीमा डुबेका छन् भने विद्यालयहरू बन्द गर्नुपरेको छ ।

सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् । विशेषज्ञहरू भन्छन्, ‘जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।’

अधिकारीहरूका अनुसार हङकङमा बिहीवारदेखि ठूलो वर्षा शुरु भएको थियो र मध्यरातसम्म सहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १ सय ५८ दशमलव १ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड शुरु भएयताको सबैभन्दा धेरै हो ।

शुक्रवार दिउँसो अस्पताल प्रशासनले कम्तीमा १ सय १० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ । पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको र उपचारका क्रममा उनको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपत्कालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन् । हङकङको मौसम विज्ञान कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ ।

बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रवारका सबै कारोबार रद्द गरेको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया