युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

 भदौ २७, २०८० बुधबार ९:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।

समूह ए को अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वे ७ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । जितपछि पाँच खेलबाट १३ अङ्कसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ । स्वीडेनलाई ३–१ ले हराएर १३ अङ्क नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।

यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २–० ले पराजित गरेको छ । जितपछि चार खेलबाट ७ अङ्कजोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अङ्क रहेको युक्रेन तेस्रो स्थानमा छ । समूह सी को अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २–० ले हराएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया