रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै

 भदौ २७, २०८० बुधबार ११:७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ ।

अहिले  पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, हिजोको जस्तो तनाव नरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

हिजो बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको थियो । झडपमा परी ११ जना कैदीबन्दी र १० जना प्रहरी घाइते भएका थिए । घाइते भएका प्रहरीहरु सामान्य उपचार पछि काममा फर्किएका छन ।

यस्तै, घाइते भएका ११ मध्ये १० जना कैदीबन्दीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । एक जना भने डिस्चार्ज भएका छन् । हिजो झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए ।

बाल सुधार गृहभित्र के कारणले विवाद उत्पन्न भएको हो भन्ने खुलिसकको छैन । भक्तपुरको बाल सुधार गृहबाट बीरगञ्ज सारिएका बन्दीहरुको समूह र पहिल्यैदेखि त्यहाँ रहेका बन्दीहरुको समूहबीच विवाद भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको छ । गएको ४ गते भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जना कैदी बन्दीलाई वीरगञ्ज लगिएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया