डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे, एक जना घाइते

 भदौ २८, २०८० बिहिबार ७:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । 

अत्तरियाबाट  डोटीका लागि छुटेकाे अटाेरिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयाे। 

घाइते वीरबहादुर कुँवरकाे डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । अटाेमा तीन जना रहेका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया