एसिया कपको सुपर फोरमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

 भदौ २८, २०८० बिहिबार ८:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ ।

श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन् । बङ्लादेश सुपर फोरबाटै बाहिरिएको छ ।

श्रीलङ्का र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अङ्क हुनेछ । ४ अङ्क हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ । तर यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ । नेटरनरेटको कारण श्रीलङ्का फाइनल खेल्नेछ ।

भारत फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । समूह चरणको अन्तिम खेल भोलि भारत र बङ्लादेशबीच हुनेछ । फाइनल खेल आइतवार हुनेछ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया