पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
आउँदाे अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले आज शुक्रवार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह 'बी' मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह 'सी' मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह 'डी' मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा 'ए', दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् ।
त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।