क्रिकेटकाे विकासका लागि काठमाण्डाै महानगर र बाग्मती क्रिकेट सङ्घबीच सहकार्य

 भदौ २९, २०८० शुक्रबार १८:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेटकाे विकासका लागि काठमाण्डाै महानगर र बाग्मती प्रदेश क्रिकेट सङ्घले सहकार्य गर्ने भएका छन् ।

आज शुक्रवार महानगरका तर्फबाट मेयर बालेन्द्र शाह र बाग्मती क्रिकेट सङ्घकाे तर्फबाट अध्यक्ष पारस खड्काले सहकार्यका लागि सहमति गरेका हुन् ।

सहकार्यअन्तर्गत काठमाण्डौका विद्यालयस्तरका ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग हुने विश्वास लिइएकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८०

तपाईको प्रतिक्रिया