बङ्गलादेशले भारतलाई दियाे २ सय ६६ रनकाे लक्ष्य

 भदौ २९, २०८० शुक्रबार १८:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे सुपर फाेरकाे अन्तिम खेलमा बङ्गलादेशले भारतलाई २ सय ६६ रनकाे लक्ष्य दिएकाे छ ।

काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायाे । बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए । ताेहिद हृदाेयले ५४ र नसुन अहमदले ४४ रन बनाए । बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ र माेहम्मद शमीले २ विकेट लिए ।

याे 'सुपर फाेर' काे अन्तिम खेल हाे । एसिया कपकाे फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टाेलीकाे टुङ्गाे लागिसकेका कारण याे खेल धेरै महत्त्वकाे छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया