उत्कृष्ट पुनरागमन गर्दै लिभरपुलले उल्भ्सलाई हरायो

 भदौ ३०, २०८० शनिबार १९:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंलिस प्रिमियर लिग फुटबलमो लिभरपुलले उल्भ्सलाई हराएको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी भयो ।

खेलमा अग्रता उल्भ्सले लिए पनि त्यसपछि लगातार गोल फर्काउँदै लिभरपुलले खेल जित्यो । सातौँ मिनेटमा हिचानले गोल गरेर उल्भ्सलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा ग्याक्पो र ८५ औँ मिनेटमा रोबटर्सनले गोल गरेर लिभरपुललाई जिततर्फ लगेका थिए ।

त्यसमाथि इन्जुरी समयको पहिलो मिनेटमा उभ्ल्सका ह्युगोले आत्मघाती गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुल पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । उल्भ्स १५ औँ स्थानमा छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८०

तपाईको प्रतिक्रिया