भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह, ५० रनमै अल आउट

 भदौ ३१, २०८० आइतबार १७:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।

बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

याे श्रीलङ्काका लागि एकदिवसीय दाेस्राे कम याेगफल हाे । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगकाे खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएकाे थियाे । यस्तै एकदिवसीय क्रिकेटकाे फाइनल खेलमा याे सबैभन्दा कम याेगफल हाे ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया