श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारु दिने एसीसीका अध्यक्ष जय शाहकाे घाेषणा

 असोज १, २०८० सोमबार १५:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिवसमेत रहेका एसीसीका अध्यक्ष जय शाहले ४२ लाख भारु नगद पुरस्कार दिने घोषणा गर्नुभएको खबरमा उल्लेख छ । एसिया कप क्रिकेटका सबैजसो खेल वर्षाले प्रभावित हुँदा मैदानका कर्मचारीले उत्कृष्ट मेहनत गरेका थिए । पानी परेको बेला मैदानलाई ढाक्न, पानी रोकिएपछि मैदानबाट कभर हटाउन र मैदान पुनः सुक्खा बनाएर खेलका लागि योग्य बनाउन गरेको मेहनतको चौतर्फी प्रशंसा भइरहेको छ ।

भारतका बलर मोहम्मद सिराजले पनि फाइनल खेलमा 'प्लेअर अफ दी म्याच' बापत पाएको पुरस्कार मैदानका कर्मचारीलाई दिने घोषणा गरेका छन् । भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीले पनि उनीहरूको मेहनतको तारिफ गरेका छन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया