अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

 असोज १, २०८० सोमबार १६:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – अरिङ्गालले चिलेर ताप्लेजुङमा आज साेमवार एक वृद्धाको ज्यान गएकाे छ ।

अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएकाे वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयाे । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टाेलेकाे वडाध्यक्ष लिम्बुले बताउनुभयाे ।

अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाकाे चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा उहाँकाे ज्यान गएकाे लिम्बुले बताउनुभयाे ।

केही समयअघिसम्म छ्यापछ्याप्ती देखिने अरिङ्गाल अहिले भने कम देखिन थालेकाे स्थानीयवासी बताउँछन् । घरकाे भित्ता तथा रुखहरूमा देखिने अरिङ्गालको गोलाहरू देखिन छाडेको फक्ताङलुङ गाउँपालिका–६ का राम तामाङ बताउनुहुन्छ ।

अन्तिम अपडेट: असोज ४, २०८०

तपाईको प्रतिक्रिया