पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड बार्यनसँग पराजित भएको छ । युनाइटेड जर्मन च्याम्पियन बार्यन म्युनिखसँग चार–तीन गोलले पराजित भएको हो ।
समूह चरणको पहिलो खेलमा नै म्यानचेस्टर युनाइटेडले हार ब्यहोरेको छ । सात गोल भएको खेलमा पहिलो हाफमा दुई गोल हुँदा दोस्रो हाफमा पाँच गोल भएका थिए । जितसँगै बार्यनले समूह ‘ए’ मा तीन अङ्क जोडेको छ ।
अर्को खेलमा प्रिमियर लिग क्लब आर्सनलले पीएसभीलाई चार–शून्य गोलको फराकिलो अन्तरले हराएको छ । आर्सनलले घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । आर्सनलले दोस्रो हाफमा एक गोल थप्यो ।
त्यस्तै, स्पेनिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई एक–शून्य गोलले हराएको छ । रियलको जितमा जुड बेलिङ्घमले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो । अरु खेलमा आरबी साल्जबर्गले बेन्फिकालाई दुई–शून्य गोलले, नापोलीले बर्ग एफसीलाई दुई–एक गोलले हराएको छ ।
सेभिल्ला र लेन्स तथा रियल सोसिडाड र इन्टर मिलानले एक/एक गोल तथा गालातासारे र कोपनहेगनले दुई/दुई गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।