ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित

 असोज ४, २०८० बिहीबार १४:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् ।

घाइते भएका ललितकाे आज बिहीवार शल्यक्रिया गर्न लागिएकाे नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएकाे छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनकाे सहभागिता अनिश्चित भएकाे छ ।

१९ औँ एसियाली खेलकुद प्रतियाेगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ ।  एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ । 

पाँच वटा टेस्ट टोली श्रीलङ्का, भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानले सिधैँ क्वाटरफाइनल खेल्नेछन् । समूह 'ए', 'बी' र 'सी' बाट विजेता टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह 'ए' मा रहेको नेपालले २७ सेप्टेम्बरमा मङ्गोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

पछिल्लाे समय ललितले राष्ट्रिय टाेलीबाट राम्राे प्रदर्शन गर्दै आएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २० खेल खल्दा २८ विकेट लिएका छन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया