१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात

 असोज ४, २०८० बिहीबार १५:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–० गाेलले हरायाे ।

पहिलाे हाफमा २ गाेल गरेकाे भारतले दाेस्राे हाफमा १ गाेल थप्याे । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १/१ गाेल गरे ।

याे जितसँगै समूह 'बी' मा रहेकाे भारतले ३ अङ्क जाेडेकाे छ । याे समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी साढे ५ बजे घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । याे समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया