अस्ट्रेलियाले भारतलाई दियाे २ सय ७७ रनकाे लक्ष्य, शमीले लिए ५ विकेट

 असोज ५, २०८० शुक्रबार १८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलाे एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलियाले भारतलाई २ सय ७७ रनकाे लक्ष्य दिएकाे छ ।

माेहालीमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया निर्धारित ५० ओभरमा २ सय ७६ रन बनाउँदा अल आउट भयाे । अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाए । यस्तै जाेश इङ्लिसले ४५, स्टेभेन स्मिथले ४१, मार्नुस लाबुशेनले ३९ र क्यामरन ग्रीनले ३१ रन बनाए ।

बलिङतर्फ भारतका माेहम्मद शमीले ५ विकेट लिए । यस्तै जसप्रीत बुमराह, रविचन्द्र अश्विन र रवीन्द्र जडेजाले १/१ विकेट लिए ।

भारत र अस्ट्रेलियाले ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । विश्वकपको तयारीका लागि यो शृङ्खला दुवै टोलीका लागि महत्वपूर्ण छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८०

तपाईको प्रतिक्रिया