भारतमा हुने क्रिकेट विश्वकप जित्ने टिमले ५३ कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

 असोज ५, २०८० शुक्रबार १९:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतमा हुने क्रिकेट विश्वकपका लागि पुरस्कार रकम घाेषणा गरेकाे छ ।

आईसीसीले विजेता टिम र अन्य टिमले पाउने पुरस्कार राशिकाे घाेषणा गरेकाे हाे । आईसीसीका अनुसार विजेता टिमले ट्रफीसँगै ४० लाख अमेरिकी डलर (५३ कराेड रुपैयाँभन्दा धेरै) पाउने छन् । 

यस्तै उपविजेता टिमले २० लाख डलर पाउने छन् । यसैगरी प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेर पराजित हुने २ वटा टिमले ८/८ लाख डलर पाउने छन् । 

समूह चरणबाटै बाहिरिने ६ टिममध्ये हरेकले १ लाख डलर पाउने आईसीसीले जनाएकाे छ । यस्तै समूह चरणकाे खेल जित्ने टिमले हरेक खेलबापत ४० हजार डलर पाउने छन् ।

याे प्रतियाेगिताकाे क्रममा कुल १ कराेड डलर बराबरकाे पुरस्कार राशि बाँडिने आईसीसीले जनाएकाे छ ।

क्रिकेट विश्वकपकाे १३ औँ संस्करणकाे प्रतियाेगितामा १० टिम सहभागी हुँदैछन् । याे प्रतियाेगिताकाे फाइनल खेल अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा हुने छ । 

आईसीसी क्रिकेट विश्वकप–२०२३ काे आयाेजनाका लागि भारतले तयारी सकिसकेकाे छ । ४६ दिनसम्म चल्ने प्रतियाेगिता अक्टाेबर ५ मा शुरु हुनेछ भने फाइनल खेल नाेभेम्बर १९ मा हुनेछ । प्रतियाेगिताका भारतकाे १० वटा सहरकाे स्टेडियममा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २०, २०८०

तपाईको प्रतिक्रिया