शेयर बजार झन्डै १८ अङ्कले घट्याे
मंसिर १३, २०८० बुधबार
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज चुनाव हुन लागेको हो ।
दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् ।
क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसङ्ख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।