पाकिस्तान १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा

 असोज ६, २०८० शनिबार १७:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तान १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा माल्दिभ्ससँग बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा पुगेका हो ।

पाकिस्तान र माल्दिभ्सले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ए’ मा पाकिस्तानको चार अङ्क भएको छ । माल्दिभ्सको एक अङ्क छ । यो समूहमा नेपाल अङ्क विहीन छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० गोलले हराएको थियो । 

समूह चरणको अन्तिम खेलमा सोमवार नेपाल र माल्दिभ्स खेल्नेछन् । अघिल्लो चरणमा पुग्न नेपालले माल्दिभ्सलाई हराउनुपर्ने हुन्छ भने माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ । आज हुने अर्को खेलमा समूह ‘बी’ मा रहेको भुटान र बंगलादेश साढे ५ बजे दशरथ रंगशालामा खेल्दैछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया