आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असोज ७, २०८० आइतबार ७:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज दिउँसो कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अहिले पनि  कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा सामान्य पानी परिरहेको र दिउँसो चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । यस्तै, भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेस र कोसी प्रदेशको तराई भू–भागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ । भरे राति कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया