प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

 असोज ७, २०८० आइतबार १०:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ ।

त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ ।

सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क रहेको ब्राइटन पाँचौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: असोज २६, २०८०

तपाईको प्रतिक्रिया