१९ औँ एसियाली खेलकुद : २० स्वर्णसहित चीनकाे वर्चस्व कायमै

 असोज ७, २०८० आइतबार १९:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायम गरेकाे छ ।

चीनले अहिलेसम्म २० वटा स्वर्णसहित ३० वटा पदक जितेको छ । चीनले २० स्वर्ण, ७ रजत र ३ कास्य जितेकाे छ । दक्षिण काेरिया ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित १४ पदक जितेर दाेस्राे स्थानमा छ । जापान २ स्वर्ण, ७ रजत र ५ कास्यसहित १४ पदक जितेर तेस्राे स्थानमा छ ।

हङकङ तालिकाकाे चाैथाे स्थानमा छ । हङकङले २ स्वर्ण, ५ कास्कसहित ७ पदक जितेकाे छ । उज्वेकिस्तान १ स्वर्ण, ३ रजत र ३ कास्यसहित ७ पदकका साथ पाँचाैँ स्थानमा छ । यसैगरी चाइनिज ताइपेई तालिकाकाे छैटाैँ स्थानमा छ । उसले १ स्वर्ण, १ रजत र २ कास्यसहित ४ पदक जितेकाे छ ।

भारत तालिकाकाे साताैँ स्थानमा छ । उसले अहिलेसम्म ३ रजत र २ कास्यसहित ५ पदक जितेकाे छ । नेपालले भने कुनै पनि पदक जितेको छैन ।

प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा 'हर्ट टु हर्ट एट फ्युचर' अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हिजाे शनिवार देखि औपचारिक रूपमा शुरु भएकाे प्रतियाेगिता अक्टोबर ८ सम्म चल्नेछ ।

अन्तिम अपडेट: असोज १२, २०८०

तपाईको प्रतिक्रिया