१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

 असोज ८, २०८० सोमबार ११:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल दिउँसो साढे १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै दुई खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । एक अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

समूह 'ए' मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै, आजै समूह 'बी' का भारत र भुटानबीच पनि खेल हुँदैछ । यो खेल बेलुका साढे ५ बजे हुनेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया