यूएई जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीकाे भेट, काेप–२८ मा ने...
मंसिर १३, २०८० बुधबार
काठमाण्डाै – १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलाे अन्तरले पराजित भएको छ ।
बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज साेमवार भएको समूह 'डी' को खेलमा नेपाल जापानसँग ८–० गाेलले पराजित भयाे । पहिलाे हाफमा ५ गाेल गरेकाे जापानकाे दाेस्राे हाफमा ३ गाेल थप्याे । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकाेशी युजुहाे, यामामाेताे युजुकी, युइनाे मामी, वाकिसाका रेना, साकाकिबारा काेटाेनाे र हिजिकाता मायाले १/१ गाेल गरिन् ।
याे हारसँगै नेपाल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ । नेपालले समूह चरणकाे अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रवार भएकाे पहिलाे खेलमा नेपाल भियतनामसँग २–० गाेलले पराजित भएकाे थियाे ।