न्युजिल्यान्ड र बङ्लादेश तथा इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

 असोज ९, २०८० मंगलबार ९:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्ड र बङ्लादेशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ । यो खेल मिरपुरमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल न्युजिल्यान्डले ८६ रनले जितेको थियो भने पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । आजको खेल जितेमा न्युजिल्यान्डले शृङ्खला जित्नेछ भने हारेमा शृङ्खला एक/एकको बराबरी हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खला खेल्न न्युजिल्यान्ड बङ्लादेश भ्रमणमा गएको हो । 

यस्तै, इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ । यो खेल बेलुका सवा ५ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा इङ्ल्यान्डले १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाले रद्द भएको थियो भने दोस्रो खेल इङ्ल्यान्डले ४८ रनले जितेको थियो ।

आजको खेल जितेमा इङ्ल्यान्डले शृङ्खला जित्नेछ भने पराजित भएमा एक/एकको बराबरी हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया