अजरबैजान : इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गयो

 असोज ९, २०८० मंगलबार १४:२८:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अजरबैजानको नागोर्नो–काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपाेमा विस्फाेट हुँदा तीन सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तीन सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो–काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ । विस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

विवादित नागोर्नो–काराबाख क्षेत्रमा एक लाख २० हजार जना जातीय अर्मेनियालीहरूको बहुमत रहेको छ । गएाे हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि घरबारविहीन भएका धेरै जना अर्मेनिया प्रस्थान गरेका छन् । अर्मेनिया सरकारले घरबारविहीनलाई शरण दिने बताएको छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया