साफ यू–१९ च्याम्पियनशिप : भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा

 असोज १०, २०८० बुधबार १५:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भुटानलाई हराउँदै पाकिस्तान १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाकिस्तानले भुटानलाई 'सडन डेथ' मा ६–५ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे खेलमा दुवै टाेलीले गाेल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेकाे हाे ।

अब पाकिस्तानले फाइनलमा अहिले बेलुकी साढे ५ बजे हुने नेपाल र भारतबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

अन्तिम अपडेट: असोज १७, २०८०

तपाईको प्रतिक्रिया